नेकपा भोजपुरकी नेतृ एवम् उपाध्यक्ष राईको निधन

भोजपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भोजपुरकी जिल्ला सचिवालय सदस्य एवम् हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ ।

शनिबार बिहान तीन बजे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राईको निधन भएको भोजपुर नेकपाले जनाएको छ ।

हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया राईलाई गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएको थियो ।

शुरुमा उनले प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार गराएकी थिइन् ।

उनलाई असोज १ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो ।

नेकपाकी नेतृ राईलाई जण्डिस र रक्तचापको समस्या देखिएको थियो ।

Published : Saturday, 2020 September 19, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया