नेविसंघले गणेशमान सिंहलाई यसरी सम्झियो देशैभरि

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्व.गणेशमान सिंहको २३औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू गरेको छ ।

स्व.गणेशमान सिंहको स्मृति दिवसका अवसरमा शुक्रबार नेविसंघले काठमाडौंमा कोरोना र निषेधाज्ञाबाट समस्यामा परेकाहरूलाई निःशुल्क खाना वितरण गरेको छ ।

नेविसंघका महामन्त्री मनोज बैद्यसहितका नेता तथा कार्यकर्ताले काठमाडौंको खुलामञ्चमा खाना वितरण गरेका हुन् । बैद्यले एक हप्तादेखि निःशुल्क खाना वितरण गर्दै आएका छन् ।

नेविसंघले शुक्रबार साँझ रत्नपार्कस्थित शान्तिबाटिकामा स्व.गणेशमान सिंहको स्मृति दिवसका अवसरमा दीप प्रज्वलन र तस्विरमा माल्यार्णपन गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्री मनोज बैद्यसहितका नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गरेका हुन् ।

नेविसंघले काठमाडौं उपत्यकासहित देशभरि विभिन्न कार्यक्रम गरि स्व.गणेशमान सिंहलाई स्मरण गरेको छ ।

Published : Friday, 2020 September 18, 11:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया