काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित, आठको मृत्यु, कुन जिल्लामा कति ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका एकै दिन अत्याधिक कोरोनाभाइरसका संक्रमित भेटिएको जनाएको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ८५९ जनासहित देशभरि

२ हजार २० जनामा कोरोना पोजेटिभ भेटिएको जानकारी दिए । नेपालमा कोरोनाभाइरसको संक्रमितको संख्या ६१ हजार पाँच सय ९३ पुगेको छ ।

११ हजार चार सय ५८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २० जनामा संक्रमण देखिएको छ ।

शुक्रबार आठ सय ७१ जना निको भएर फर्किएका छन् । डिस्चार्ज हुनेको संख्या ४३ हजार आठ सय २० पुगेको छ ।

नेपालमा १७ हजार तीन सय ८३ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । सात हजार सात सय ३६ जना क्वरेन्टिनमा रहेको प्रवक्ता डा.गौतमले बताएका छन् ।

प्रवक्ता डा.गौतमले सात जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको बताएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ९० पुगेको प्रवक्ता डा.गौतमले जानकारी दिए ।

Published : Friday, 2020 September 18, 7:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया