सत्र जना शाखा अधिकृतहरूको सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत शिवकुमार राईलाई भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक सरुवा गरिएको छ ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सत्यनारायण शाहलाई जानकीनन्दनी गाउँपालिका, धनुषामा सरुवा गरिएको छ ।

गृह मन्त्रालयका हरिराम नागिलालाई घरपझोङ गाउँपालिका मुस्ताङ, लिखुपिके गाउँपालिका, सोलुखुम्बुका राजेन्द्र भण्डारीलाई भीमफेदी गाउँपालिका, मकवानपुर, दुर्गाथली गाउँपालिका, बझाङका धर्मराज उपाध्यायलाई केआईसिँह गाउँपालिका डोटी र जिल्ला समन्वय समिति सुर्खेतका कृष्णबहादुर पन्तलाई सिम्ता गाउँपालिका सुर्खेतमा पठाइएको छ ।

भूमिसम्बन्धी समाधान आयोगका गणेश पोख्रेललाई लिखु तामाकोशी गाउँपालिका, रामेछापमा पठाइएको छ ।

छत्रेश्वरी गाउँपालिका सल्यानका डिल्ली खड्कालाई परिवर्तन गाउँपालिका रोल्पा, मालपोत गाउँपालिका लमहीका खिमबहादुर खड्कालाई छत्रेश्वरी गाउँपालिका सल्यान पठाइएको छ ।

इलाका प्रशासन कार्यलय सुगौलीका कुन्दनकुमार कर्णलाई वलान विहुल गाउँपालिका सप्तरी, भाषा आयोगका आकंक्षा रिजाललाई जिल्ला समन्वय समिति म्याग्दीमा सरुवा गरिएको छ ।

परिवर्तन गाउँपालिका रोल्पाका नन्दराम परियारलाई भूमिसम्बन्धी समस्या समाधान आयोगमा सरुवा गरिएको छ ।

भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोकका मोहनप्रसाद निरौलालाई स्वस्थ्य तथा जनसंख्या मन्त्रालय, सिम्ता गाउँपालिका सुर्खेतका जनक बहादुर हमाललाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

घरपझोङ गाउँपालिका मुस्ताङका दिलिप सुवेदी, केआईसिँह गाउँपालिका डोटीका सुनिल ठगुन्ना र भीमफेदी गाउँपालिका मकवानपुरका जीवन कुवरलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

Published : Friday, 2020 September 18, 1:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया