राप्तीमा गरिव घरपरिवारका लागि तथ्याङ्क संकलनको काम पूरा

तीर्थराज ज्ञवाली

मसुरिया । दाङ जिल्लाको राप्ती गाउँपालिकामा गरिव घरपरिवार पहिचान गरि परिचय पत्र वितरणका लागि गरिएको तथ्याङ्क संकलनको काम सम्पन्न भएको छ ।

फागुनदेखि शुरू भएको तथ्याङ्क संकलनकार्य कोरोना महामारीका कारण केही समय रोकावट भएपनि जेठबाट पुनः गरिएको थियो ।

एक जना सुपरिवेक्षक र सात जना गणकसहितको टोलीले राप्ती गाउँपालिका क्षेत्रको सम्पूर्ण घरपरिवारको सम्पूर्ण जानकारीसहित तथ्याङ्क संकलन गरेको जनाइएको छ ।

राप्ती गाउँपालिकामा पछिल्लो तथ्याङ्कअनुसार १० हजार ७ सय २० घरधुरीको विवरण लिइएको सुपरिवेक्षक बासुदेव थापा क्षेत्रीले जानकारी दिएका छन् ।

गरिव घरपरिवार पहिचान गरि परिचय पत्र वितरणका लागि गरिएको तथ्याङ्क संकलकले भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको सर्भरमा पठाएको जानकारीका आधारमा घरपरिवारको वर्गीकरण गरिने ब्यवस्था छ ।

तथ्याङ्क संकलन राप्ती गाउँपालिकामा कम्प्युटर एसिस्टेड पर्सनल ईन्टरभ्यु सिस्टमबाट गरिएको थियो ।

कुनै एक घरको तथ्याङ्क दिने समययमा घरमुलीको नाम, परिवार संख्या, जग्गाको विवरण, अन्य आम्दानीको श्रोत लगायत करीव १०० बढी प्रश्नमा रहेर जानकारी लिइएको थियो ।

Published : Friday, 2020 September 18, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया