सिद्धार्थ राजमार्गको पहिरो हटेपछि यातायात सुचारु

तानेसन । पहिरोका कारण अबरुद्ध पाल्पा जिल्लास्थित बर्तुङ–राम्दी सडकखण्ड एकतर्फी सुचारु भएको छ ।

शुक्रबार बिहान करीव पौने छ बजेको समयमा सिद्धार्थ राजमार्गअन्तर्गत कोइलाखानीमा पहिरो जाँदा सडक अबरुद्ध भएको थियो ।

पहिरोलाई हटाएर एकतर्फी रुपमा यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिए ।

एसपी भट्टराईले छिट्ट दुबैतर्फबाट यातायात सञ्चालन गरिने बताएका छन् । पहिरो हटाउने कार्य भइरहेको उनले बताए ।

Published : Friday, 2020 September 18, 9:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया