सिद्धार्थ राजमार्गको कोइलाखानीमा पहिरो, सडक अबरुद्ध

तानेसन । पहिरोका कारण पाल्पा जिल्लास्थित बर्तुङ–राम्दी सडकखण्ड अबरुद्ध भएको छ ।

शुक्रबार बिहान करीव पौने छ बजेको समयमा सिद्धार्थ राजमार्गअन्तर्गत कोइलाखानीमा पहिरो जाँदा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘बगनासकाली गाउँपालिका–३ कोइलाखानीमा पहिरोको कारण बर्तुङ–राम्दी सडकखण्ड अवरुद्ध भएको छ’, पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोष भट्टराईले भने, ‘सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसंग समवन्य भएको छ ।’

Published : Friday, 2020 September 18, 9:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया