नेपाल–भारतसम्बन्ध सुदृढ बनाउन उत्सुकः मोदी

काठमाडौं । नेपाल–भारतबीच खटपट भएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन उत्सुक रहेको बताएका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले बिहीबार बिहानै ट्वीटर गरेर दिएको जन्मदिनको शुभकामनाको जवाफमा मोदीले साझा संस्कृति र इतिहासका आधार दुई देशबीचको सम्बन्धलाई थप बनाउन उत्सुक रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले मोदीलाई जन्मदिनको शुभकामना दिँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निरन्तर काम गर्ने बताएका छन् ।

पछिल्लो समय सीमा विवादलाई लिएर नेपाल–भारत सम्बन्धमा चिसिएको छ ।

नेपालले मिचिएको कालापानी क्षेत्र आफ्नो नक्सामा राखेपछि बढेको तनावसँगै दुई देशका राजनीतिक नेतृत्वबीच लामो समय औपचारिक संवाद हुन सकेको थिएन ।

Published : Thursday, 2020 September 17, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया