नेकपाका वरिष्ठ नेता खनाल र भारतीय राजदूतबीच भेट

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।

काठमाडौंको डल्लुस्थित निवासमा बिहीबार राजदूत क्वात्राले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल र राजदूत क्वात्राबीच नेपाल र भारतको आपसी हितका विषयमा कुराकानी भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।

Published : Thursday, 2020 September 17, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया