सबै जिल्लाहरूलाई तरुण दल हेडक्वारटको परिपत्र

काठमाडौं । नेपाल तरुण दलले असोज २ गते पर्ने लौह पुरुष वीर गणेशमान सिंहको २३औँ स्मृति दिवस सप्ताहाव्यापी रुपमा भव्य रुपमा मनाउन सबै जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कोरोनाबाट सर्तक रहेर स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर गणेशमान सिंहको स्मृति दिवस मनाउन निर्देशन दिएका हुन् ।

‘लौह पुरुष वीर गणेशमान सिंहको त्याग एवम् योगदान र बहुआयामिक व्यक्तित्वका बारेमा विभिन्न प्रविधि तथा सामाजिक सञ्जालका माध्यमबाट छलफल, विचार गोष्ठी, प्रवचन, सेमिनार एवं आदि कार्यक्रमहरू गर्ने र गराउन निर्देशन छ’, परिपत्रमा उल्लेख छ ।

‘आ–आफ्नो जिल्लामा विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरू (फलफूल वितरण, सरसफाई, रक्तदान, वृक्षारोपण) गर्ने र गराउने निर्णय भएको छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

तरुण दलको परिपत्रमा भनिएको छ, ‘बाढी पहिरो प्रभावित जिल्लाहरूमा त्यसबाट पीडित वर्गलाई उद्धार एवम् सहयोग वितरण तथा पुनःस्थापनामा साथ दिने काम गर्नु ।’

Published : Thursday, 2020 September 17, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया