काठमाडौंमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कुल संक्रमित संख्या ५९ हजार ५ सय ७३ जना पुगेको जानकारी दिए ।

डा.गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय १८ जना कोरोना संक्रमित भेटिएको बताए ।

काठमाडौंमा ५ सय ७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना देखिएको छ ।

बिहीबार कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२ सय ४३ रहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ ।

Published : Thursday, 2020 September 17, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया