नवीन बिकको दुःखमा साथी बन्यो पर्वत कांग्रेस, जोशीद्वारा ३० हजार हस्तान्तरण

कुश्मा । नेपाली कांग्रेस पर्वतले फलेवास नगरपालिका–४ मुडीकुवाका बाढीपीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागका प्रमुख तथा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा मुडीकुवाका बाढीपीडित नवीन बिकलाई आर्थिक सहायता प्रदान गरिएको हो ।

जेठ २८ गते ठाडोखोलामा आएको बाढी बस्तीमा पस्दा नवीन बिककी ३ वर्षीया छोरी निकिता बिकको मृत्यु भएको थियो ।

नवीन बिक र उनकी श्रीमती घाइते भएका थिए । गोठमा पालेका दुइटा भैसी र एउटा गोरु समेत मरेको थियो ।

बाढीले नवीन बिकको घर बस्नै नमिल्ने गरि क्षति भएको छ । क्षतिको अवलोकन पश्चात कांग्रेसका केन्द्रीय सदस्य जोशीले सान्त्वना दिँदै पर्वत कांग्रेसको तर्फबाट रु.३० हजार रुपियाँ राहात रकम हस्तान्तरण गरेका थिए ।

राहात हस्तान्तरण गर्दै कांग्रेस केन्द्रीय सदस्य जोशीले बाढीबाट छोरी गुमाएका र सम्पत्ति नोक्सान भएका नवीन बिकको परिवारलाई आवश्यक आर्थिक सहयोग तथा पुनर्स्थापनाका लागि राज्यको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेसको तर्फबाट आगामी दिनमा पनि आवश्यक सहयोग उपलब्ध गराउने जोशीले आश्वासन दिएका छन् ।

उनले उद्धारमा खटिएका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिएका छन् ।

नेपाली कांग्रेस पीडित परिवारको पुनस्र्थापनामा गम्भीर रुपमा लाग्ने नेता जोशीले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य देवीप्रसाद विलासी, महासमिति सदस्य तथा नेपाली कांग्रेस सञ्चार तथा प्रचारप्रसार विभागका केन्द्रीय सदस्य राधाकुमारी कुँवर क्षेत्री, महासमिति सदस्य तथा नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य गंगाधर तिवारी, महाधिवेशन प्रतिनिधी जीतबहादुर सुनार ‘शेरबहादुर’, जिल्ला सदस्य एवम् यातायात विभागका केन्द्रीय सदस्य शिवप्रसाद सुवेदी जिल्ला सदस्यहरू डा. चुडामणि शर्मा, दयाराम गौडेल, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक शिव शर्मा अधिकारी, मुडीकुवाका सभापति पुनाखर गौँडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, नेपाल प्रेस यनियनका उपाध्यक्ष रोशन तिवारी, प्रेस युनियन पर्वत सचिव साजन परियार र नेपाल तरूण दल फलेवासका अध्यक्ष दिनेश लामिछाने लगायतको सहभागिता थियो ।

Published : Thursday, 2020 September 17, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया