‘फुर्के परिवार’को तर्फबाट कांग्रेस नेता बस्नेतद्वारा ३ लाख नगद हस्तान्तरण, मुर्छा परे कम्युनिस्ट

बाह्रविसे । सिन्धुपाल्चोक जिल्लाका पहिरोपीडितहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ‘फुर्के परिवार’को तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

बुधबार हेलम्बु गाउँपालिकाको वडा नम्बर ५ बोलडेमा आयोजित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री बस्नेतले हेलम्बु गाउँपालिका–५ का ५६ परिवारलाई पाँच हजारका दरले नगद प्रदान गरेका हुन् । बस्नेतले करीव ३ लाख रुपियाँ हस्तान्तरण गरेको ‘फुर्के परिवर’ले जनाएको छ ।

कांग्रेस नेता बस्नेतले सो स्थानका पहिरोपीडितलाई अहिलेसम्म कसैले पनि राहत नदिएको बताए ।

‘बोल्डेका ५६ जना पहिरोपीडितहरूलाई कसैले पनि कुनै पनि प्रकारको राहत दिएका थिएनन्’, पूर्वमन्त्री बस्नेतले भने, ‘मेरो अनुरोधमा फुर्के परिवारहरूले प्रतिपरिवार ५ हजारका दरले करीव तीन लाख रुपियाँ हस्तान्तरण गरिएको छ ।’

यसैबीच, कांग्रेस नेता बस्नेतले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई चार हजार थान एन–९५ मास्क हस्तान्तरण गरेका छन् ।

कांग्रेस नेता बस्नेलते कोरोना महामारीका बेला सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री, खाद्यान्न लगायतका सहयोग गर्दै आएका छन् ।

उनले बाढीपहिरोपीडितहरूलाई पनि नगद र खाद्या तथा अन्य सहयोगहरू गर्दै आएका छन् ।

कम्युनिस्टहरूले समस्यामा परेकाहरूलाई सहयोग नगरेको भनेर आलोचना भइरहेका बेला कांग्रेस नेता बस्नेतले सहयोगहरू गर्दै आएका छन् ।

पूर्वमन्त्री बस्नेतले जनतालाई सहयोगहरू गरेको देखेपछि आत्तिएका कम्युनिस्टहरूले बेलाबेला उनलाई अबरोधको प्रयासहरू पनि गर्दै आएका छन् ।

Published : Thursday, 2020 September 17, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया