अमेरिकामा गिरिजाप्रसाद कोइराला फाउण्डेशनद्वारा खाद्यान्न वितरण

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले अमेरिकाको न्युयोर्कमा निःशुल्क खाद्यान्न वितरण गरेको छ ।

ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्कमा १०० बक्स निःशुल्क खाधन्न (ग्रोसरी, ड्राइ फुड) वितरण गरिएको विज्ञप्तिमा उल्लखे छ ।

उक्त ग्रोसरी क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लिबाट फाउण्डेशनलाई सहयोग प्राप्त भएको थियो ।

कार्यालय अगाडिबाट लाइनमा बसेका आधारमा विभिन्न समुदायका १०० जना व्यक्तिहरूलाई ग्रोसरी वितरण गरेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिएका छन् ।

फाउन्डेसनको निःशुल्क खाधन्न (ग्रोसरी, ड्राइ फुड) वितरण कार्यक्रममा उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सिम्खडा खटिएका थिए ।

स्वयंसेवीहरू कांग्रेस नेताहरू पंकज सुब्बा, अनिलराज पाण्डे, प्रेमलाल बुढा मगर, सुवोध खाती, विमल रोक्का, कमला पन्त, फाउण्डेशनकी महिला सदस्य रेखा श्रेष्ठ, ईन्डियन अमेरिकन कम्युनिटीका सतनाम सिंह लगायतका व्यक्तिहरू राहत वितरणमा खटिएका थिए ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लिलाई धन्यवाद एवम् आभार व्यक्त गरेको छ ।

Published : Thursday, 2020 September 17, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया