ओलीको परम्परा दाहालले भत्काइदिए, देखाए पूर्वमाओवादीको पावर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष खड्गप्रसाद ओलीसँगको भेटपछि दाहालले सचिवालयको बैठक बोलाउने निर्णय गरेका हुन् । दाहालले बालुवाटारमा बस्दै आएको सचिवालयको बैठक कोटेश्वरको पेरिसडाँडामा आह्वान गरेका हुन् ।

दाहालले शुक्रबार ११ बजे बस्ने सचिवालय बैठक पेरिस डाँडामा बोलाएको स्रोतले जनाएको छ ।

नेकपा गठन हुनुभन्दा पहिला पेरिस डाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो ।

धुम्बाराहीमाभन्दा पेरिस डाँडामा बैठक बस्न सजिलो हुने भएकाले पेरिस डाँडामा बोलाइएको जनाइएको छ ।

यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो ।

दाहाल कार्यकारी अध्यक्ष भएसँग ओलीको परम्परालाई भत्काइदिएका छन् ।

(समाचारकाे पहिलाे लाइनमा भुलबस अन्यथा पर्न गएकाेमा क्षमा माग्दै सच्याइएकाे छ।)

Published : Thursday, 2020 September 17, 7:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया