राप्रपाभित्रको विवाद मिलाउने सहमति, चुनाव चिन्हमा अडान यथाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन अध्यक्षको बैठकले सहमति र समझदारीबाटै पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्ने सहमति जनाएका छन् ।

बुधबार काठमाडौंमा बसेको कमल थापा, पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीको बैठकले पार्टी एकता अक्षुण्ण राख्ने प्रतिबद्धता गरेका हुन् ।

एकतापछिको दल निर्वाचन आयोगमा दर्ता गर्नुपर्छ वा पर्दैन भन्ने विषयमा दलभित्र विवाद छ ।

चुनाव चिन्ह के राख्ने भन्ने बारेमा पनि विवाद छ । पार्टीको चुनाव चिन्ह ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाउने निर्णय भएको थियो ।

कमल थापाले चुनाव चिन्ह गाई राख्नुपर्ने अडानमा छन् । पशुपतिशम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी चुनाव चिन्ह हलो राख्नुपर्नेमा छन् ।

६ महिना बितिसक्दा पनि यो विषय टुंगो लागेको छैन । फागुन २९ गते राप्रपा र राप्रपा (संयुक्त) बीच एकता भएको थियो ।

त्यसको पाँच दिनअघि एकताको आधारपत्रमा हस्ताक्षर भएको थियो ।

Published : Wednesday, 2020 September 16, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया