दुबै प्रहरीमा नयाँ भर्ना प्रक्रिया शुरु

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा नयाँ भर्ना प्रक्रिया शुरु भएको छ ।

मन्त्रिपरिषदको सोमबार बालुवाटारमा बसेको बैठकले स्वीकृति दिएसँगै प्रहरीमा नयाँ भर्ना प्रक्रिया शुरु भएको हो ।

सरकारको स्वीकृतिपछि नेपाल प्रहरीले बुधबार प्रहरी निरीक्षकको १ माघ ०७६ मा प्रकाशित सूचना अनुसारको भर्नाका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षाको तालिका प्रकाशित गरेको छ ।

प्रहरी जवानको ६ भदौमा प्रकाशित विज्ञापन अनुसार लिखितमा उत्तीर्ण भएका प्रहरी जवानको अन्तरवार्ताको पनि तालिका प्रकाशित भएको छ ।

प्राविधिक प्रहरी समूह अन्तर्गत बिभिन्न उप–समूहतर्फका जवानको स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती सम्बन्धी परीक्षा तालिका पनि सार्वजनिक भएको छ ।

प्रहरी सहायक निरीक्षकको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षण तालिका पनि प्रकाशित भएको छ ।

प्रहरीमा हाल १२ जना दरबन्दी रिक्त छ । लामो समयदेखि ठूलो संख्यामा दरबन्दी रिक्त हुँदा शान्ति सुरक्षा कायम गर्न पनि समस्या हुने गरेको थियो ।

Published : Wednesday, 2020 September 16, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया