निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंमा अहिलेसम्मकै उच्च संक्रमित, ८ को मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

बुधबार मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार कुल १० हजार ४ सय ९४ जनाको परीक्षणमा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी संक्रमितको संख्या हो ।

परीक्षण र संक्रमतिको संख्याको आधारमा १०० जनाको कारोना परीक्षणमा १५ जनाको कारोना संक्रमण देखिएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १०६८ जना कोरोना मुक्त भइ डिस्चार्ज भएको जनाएको छ ।

प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । सुनसरीमा ७० वर्षीय पुरुष, सप्तरीमा ३५ वर्षीय पुरुष, बारामा ४६ वर्षीया महिला, काभ्रेमा ५५ वर्षीया महिला र ४१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

काठमाडौंमा ७१ र ७४ वर्षीया महिला तथा कास्कीमा ७० वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७३७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना देखिएको छ ।

Published : Wednesday, 2020 September 16, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया