काठमाडौंमा सवारी साधनलाई जोरबिजोर प्रणाली कायम

काठमाडौं । काठमाडौं उपत्यकामा तीब्र रुपमा कोरोनाभाइरसको संक्रमण वृद्धि भइरहेका बेला काठमाडौंभित्र जोरबिजोर प्रणालीलाई कायम राख्ने निर्णय भएको छ ।

असोज १ गतेबाट सरकारले लोमो दूरीका यातायात संचालनका लागि अनुमति दिएपनि काठमाडौं जिल्लामा भने जोरबिजोर प्रणाली नै लागू हुने भएको हो ।

बुधबार साँझ विज्ञप्ति जारी गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जिल्लाभित्र अत्यावश्यक बाहेकका सेवा दिने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको जानकारी दिएका हुन् ।

‘काठमाडौं भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनले सरकारले तोकेका सुरक्षा मापदण्ड पालना गर्दै जोरबिजोर प्रणालीमा संचालन गर्नुपर्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।

असोज १ बाट लागू हुने यो व्यवस्था अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यस्तो व्यवस्था लागू हुने प्रशासनले स्पष्ट पारेको छ ।

सरकारले असोज १ गतेबाट लामो दूरीका सवारी साधन संचालन गर्न दिनेछ ।

सिट क्षमताको आधा मात्र यात्रु राख्ने र ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरिदिएको छ ।

Published : Wednesday, 2020 September 16, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया