कम्युनिस्ट सरकारद्वारा मन्त्रालयका यी २५ उप–सचिवहरूको सरुवा

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले २५ जना उप–सचिवहरूको सरुवा गरेको छ ।

विभिन्न मन्त्रालयमा रहेका उप–सचिवहरूलाई काठमाडौं उपत्यका बाहिर विभिन्न जिल्लाहरूमा सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती उप–सचिवलाई नगरपालिका, जिल्ला समन्वय समिति तथा प्रदेश कार्यालयमा सरुवा गरेको छ ।

दुई सयभन्दा बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि मन्त्रालयले कर्मचारी खटाउन थालेको छ ।

गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उप–सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ ।

Published : Wednesday, 2020 September 16, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया