वीपी संग्राहलय काठमाडौंका अध्यक्ष पोखरेललाई कोरोना

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका नेता एवम् वीपी संग्राहलयका अध्यक्ष परशुराम पोखरेललाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

पोखरेललाई कोरोनाको संक्रमण भएपछि आइसोलेसनमा बसेको सन्तोष भण्डारीले बताएका छन् ।

पोखरेलका छोरा डा.प्रकाश पोखरेललाई पनि कोरोनाभाइरसको संक्रमण भएको छ ।

पोखरेल नेपाली कांग्रेस क्षेत्र नं. ३ का पूर्वसभापति पनि हुन् ।

काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेका बेला कांग्रेस नेता पोखरेललाई संक्रमण भएको छ ।

सरकारले कोरोनाभाइरसको रोकथाम र उपचारमा लापरबाही गरेको कांग्रेसको आरोप छ ।

नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक एवम् कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले सरकारले कोरोना रोकथाममा काम गर्न नसकेको बताउँदै आएका छन् ।

Published : Wednesday, 2020 September 16, 9:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया