पाल्पामा पहिरोको ढुंगा मोटरसाइकलमा ठोक्कियो, दुई जना घाइते

तानसेन । पाल्पा जिल्लामा भएका अलग–अलग दुर्घटनामा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मंगलबार राति तिनाउँ गाउँपालिका–३ नागमन्दिर नजिकै सिद्धार्थ राजमार्गमा सडकदेखि माथिबाट ढुङ्गासहितको पहिरो खस्दा दुई जना घाइते भएका छन् ।

सोही पहिरोको ढुङ्गा उछिट्टिएर लाग्दा लु ५६ प ६५५८ नम्बरको मोटरसाइकलका चालक बागलुङ बढीगाढ गाउँपालिका–१ का २५ वर्षीय दीपक थापा र पछाडि सवार रुकुमको आठबिसकोट गाउँपालिका–७ का १८ वर्षीय अनिल केसी घाइते भएको छन् । मोटरसाइकलमा सामान्य क्षति पुगेको छ ।

पहिरो गएको सडक एकतर्फी रुचारु रहेको छ । सडक दुवैतर्फी बाटो खुलाउने पहल भैरहको प्रहरीले जनाएको छ ।

त्यसैगरी, निस्दी–५ ढुङ्गानाबेसीस्थित रामपुर–मित्याल कच्ची सडकखण्डमा लु ३७ प ४३८ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई पल्टिन जाँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा रामपुर नगरपालिका–५ राङंभाङका २२ वर्षीय सुजन थापा मगर र २६ वर्षीय श्रीराम कुमाल घाइते भएका छन् ।

उनीहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

Published : Wednesday, 2020 September 16, 6:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया