निषेधाज्ञाका बेला कम्युनिस्टहरूले देखे नेविसंघको पावर

काठमाडौं । कम्युनिस्टहरूले त्रिभुवन विश्वविद्यालयलाई भर्ति केन्द्र बनाएको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई विश्वविद्यालयमा प्रवेशमा रोक लगाएको छ ।

प्राज्ञिक क्षेत्रलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भर्ति केन्द्रबाट मुक्त गर्न प्रवेशमा रोक लगाएको नेविसंघले जनाएको छ ।

प्राज्ञिक मर्यादा र क्षमताको आधारलाई कुल्चेर दलीयकरण गरिएको जनाएको छ ।

भौतिक सुधारको भिजन र योजना पदाधिकारीमा नदेखिएको संघले आरोप लगाएको छ ।

उच्च शिक्षाका नाममा विश्व बैंकबाट ऋण लिँदै आएता पनि शैक्षिक सुधार हुन नसकेको संघले जनाएको छ ।

त्रिविका पदाधिकारीहरू कोरोनाभाइरसको महामारीको समयमा कक्षा सञ्चालन नगरी असक्षम र असफल भएको नेविसंघको आरोप छ ।

विद्यार्थीको हकहितमा पक्षमा मुद्दा उठाउन विद्यार्थीलाई झुठा मुद्दा लगाई सार्वजनिक मुद्दा लगाउने दुस्साहस गरेकाले पदाधिकारीलाई प्रवेशमा रोक लगाइएको संघले जनाएको छ ।

स्वच्छ प्राज्ञिक शैक्षिक संस्थामा परिणत गर्न र विश्वविद्यालयको एकाडेमिक क्यालेण्डर लागू गर्न दबाब दिन पदाधिकारीलाई त्रिविमा प्रवेश रोकिएको संघका त्रिवि नेता हरि आचार्यले बताएका छन् ।

Published : Tuesday, 2020 September 15, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया