वर्माको निधनले कांग्रेसलाई ठूलाे क्षति, बालकृष्ण खाँण मर्माहत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका मुख्य सचेतक बालकृष्ण खाँणले नेपाली कांग्रेस खेलकुद विभागका सदस्य कृष्णकुमार वर्माको निधन भएकोमा शोक व्यक्त गरेका छन् ।

खाँणले मंगलबार समवेदना प्रकट गर्दै वर्माको अल्पआयुमा भएको असामयिक निधनले आफू अन्तयन्त मर्माहत भएको बताएका हुन् ।

वर्माको सोमबार ललितपुरको किष्ट मेडिकल कलेजमा निधन भएको थियो ।

‘स्व.वर्माले नेपालम भएको हरेक लोकतान्त्रिक आन्दोलनहरूमा सदैव अग्रपंक्तिमा रहेर देश र जनताको हितका लागि लड्नुभएको छ’, खाँणले भनेका छन्, ‘स्थानीय नेताको रुपमा परिचित स्व.वर्मा सबैसँग घुलमिल हुने, सरल र मिलनसार व्यक्तित्व हुनुहुन्थ्यो ।’

नेपाली कांग्रेस पार्टीप्रति इमान्दार र निष्ठापूर्वक पार्टी संगठन, सरल र मिलनसार व्यक्तित्व रहेको भन्दै प्रमुख सचेक खाँणले वर्माको निधनले कांग्रेसलाई अपुरणीय क्षति भएको जनाएका छन् ।

Published : Tuesday, 2020 September 15, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया