नुवाकोटमा ओली–दाहालको पार्टीमा पहिरो गयो, लोकप्रिय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

तुप्चे । नुवाकोट जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

विदुर नगरपालिकाको तुप्चेमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन् । नेकपा छाडेर कांग्रेस प्रवेश गरेका उनीहरूलाई सभापति केसीले नयाँ सदस्यता दिनुका साथै अबिर र खादा लगाइदिएर पार्टीमा भित्र्याएका छन् ।

सभापति केसीले नेकपाले निर्वाचनका बेला जनतालाई छलकपट गरि ढाँटेकोको बताए ।

कम्युनिस्टहरूको सबै हर्कत बुझेपछि नेकपाबाट नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्न थालेको केसीले बताए ।

‘अहिलेको परिवेशमा नेकपा पार्टीले जनताको भावना विपरित भ्रष्टचार अनियमिता कुशासनका कारण पार्टी परित्याग गर्नुभएका सबै नवप्रवेश साथीहरूलाई कांग्रेसमा स्वागत छ’, सभापति केसीले भनेका छन्, ‘उहाँहरूलाई कांग्रेसमा कुनै भेदभाव गरिनेछैन ।’

नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा कुमारी विश्र्वकर्मा, दावा तामाङ, सविना पराजुली, विनोद विश्र्वकर्मा, रोमबहादुर तामाङ, बोधबहादुर तामाङ, जितबहादुर तामाङ, गणेश नेपाली, लोकबहादुर लोहार, ओसन नेपाल, भरत श्रेष्ठ, सुरेन्द्र अधिकारी र श्रीकृष्ण श्रेष्ठ रहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नताहरू पदका लागि लुछाचुडी गरिरहेका बेला नुवाकोटमा नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालबीच पदलाई लिएर तनाब भएको छ । उनीहरूका बीच हालैमात्रै कुरा मिलेको छ । नुवाकोटमा उनीहरूको नेता तथा कार्यकर्ताले पार्टी छाडेका छन् ।

Published : Tuesday, 2020 September 15, 1:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया