देउवाद्वारा कोरोनामा कम्युनिस्टको भ्रष्टाचारको भण्डाफोर, बालुवाटारलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रण गर्नेभन्दा पनि कम्युनिस्ट सरकार भ्रष्टाचारमा केन्द्रित भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिद्वारा सोमबार आयोजित भर्चुअल अन्तरक्रियामा देउवाले स्वास्थ्य सामग्रीसहितका विभिन्न क्षेत्रमा भएका भ्रष्टाचारको विरोध गर्नेहरूलाई कम्युनिस्ट सरकारले हप्काइरहेको बताए ।

‘विश्व स्वास्थ्य संगठनले कोरोना डर लाग्दो ढंगले फैलिएको भनिरहेको छ’, उनले भने, ‘तर सरकारले तीन अरबको औषधि खरिदमा १ अरब भ्रष्टाचार भएको कुरा बाहिर आएको छ ।’

‘भ्रष्टाचार भयो भन्नेलाई सरकारले बढ््ता बोल्ने भनेर हप्काइराखेको छ’, कांग्रेस सभापति देउवाले भनेका छन् ।

उनले यस्तो बेला पनि भ्रष्टाचार सरकारले के सेवा दिन्छ ? भनेर प्रश्न गरेका छन् ।

‘हामीले कोरोना नियन्त्रणमा सरकारलाई शुरु देखिनै सहयोग गर्ने भनेका थियौँ’, उनले भने, ‘सरकारले कामभन्दा पनि भ्रष्टाचार मात्र ग¥यो । चीनमा कोरोना नियन्त्रण भयो । हाम्रोमा कोरोेना नियन्त्रण हुने अवस्था नै देखिएन ।’

सभापति देउवाले भने, ‘लोकतान्त्रिक देशमा चीनको जस्तो गरेर नियन्त्रण गर्न पनि सकिँदैन होला । तर सरकारले काम नै गर्न सकेन ।’

नागरिकको समस्याप्रति सरकारलाई मतलबनै नराखेको उनले आरोप लगाएका छन ।

‘पीसीआर टेष्ट गरिएको छैन । ओम्नीलाई भ्रष्टाचार ग¥योभन्दा धम्काउने ? को धकिन्छ ?’, उनले प्रश्न गर्दै भने, ‘सबै बोल्नुहोस् कांग्रेसको साथ रहन्छ । भ्रष्टाचार गर्ने अनि धम्काउने ?’

उनले कोरोना नियन्त्रणका लागि सबै नागरिकको पनि कर्तव्य रहेको बताएका छन् ।

‘कोरोना सचेनता फैलाउनुपर्छ । आफू बच्न र अरुलाई बचाउनुपर्छ’, देउवाले भने, ‘सरकारले सबै नागरिकको कोरोना बीमा गर्नु हाम्रो जोडदार माग छ ।’

नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले आपतकाललाई व्यक्तिगत स्वार्थमा सरकारका मान्छेले काम गरिरहेको बताए ।

उनले कम्युनिस्ट सरकारको उदासीनताका कारण कोरोना नियन्त्रण बाहिर जान थालेको बताए ।

‘काम गर्ने काम सरकारको हो । हामीले खबदारी गर्नुपर्छ, गरिरहेका छौँ’, डा.महतले भने, ‘नागरिकका पिर मर्कामा साथीहरु उस्थित हौँ ।’

डा.महतले कुनै पनि नागरिक भोक–भोकै मर्नु नहुनेभन्दै सरकारले कोरोनाको महामारीबाट समस्यामा परेकालाई राहतको व्यवस्था गर्नपर्ने माग गरेका छन् ।

कांग्रेस सभापति देउवा, सह–महामन्त्री डा.महतसहित कार्यक्रममा सहभागीहरूले कम्युनिस्ट सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध दिएको अभिव्यक्तिले बालुवाटारलाई तनाब बढाइदिएको छ ।

Published : Monday, 2020 September 14, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया