नेपालबाट यी ४१ चिनियाँ नागरिक देश निकाला, चीनको हर्कत बढ्यो

काठमाडौं । नेपालमा बसेर शंकास्पद हर्कत र गतिविधि गर्ने ४१ जना चिनियाँ नागरिकहरूलाई नेपाल सरकारले देश निकाला गरेको छ ।

काठमाडौंसहित देशका विभिन्न भागमा शंकास्पद गर्ने ४१ जना चिनियाँ नागरिकहरूलाई गृह मन्त्रालयले निष्कासन गरेको हो । देश निकाला गरिएका ती चिनियाँ नागरिकहरूलाई एक वर्षसम्म नेपाल छिर्न प्रतिबन्ध पनि लगाइएको छ ।

देश निकाला गरिएका चिनियाँ नागरिकहरूले नेपालको शान्ति सुरक्षा, अबैध कारोबार, सुराकी लगायतका हर्कत गरेको आरोप लाग्दै आएको थियो । गृह मन्त्रालयले ४१ चिनियाँ नागरिकहरूले शंकास्पद गतिविधि गरेको जनाए पनि बास्तविक कुरा केही भनेको छैन ।

नेपालमा बसेर चिनियाँ नागरिकहरूले भारत, अमेरिका र अन्य देशहरूविरुद्ध जासुसी संयन्त्र प्रयोग गर्दै आएको बेलाबेला आरोपहरू लाग्ने गरेको छ । उनीहरूले तिब्बतविरुद्ध हुने गतिविधिका विषयमा समेत सुराकी गर्ने गरेका छन् ।

गृह मन्त्रालयले भदौ ४ मा २२ जना चिनियाँलाई निष्कासन गर्ने निर्णय गरेको थियो । मन्त्रालयले बाँकी १९ जनाबारे गत शुक्रबार निर्णय गरेको छ ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले शंकास्पद गतिविधिमा संलग्न भएको पाइएकाले ती चिनियाँ नागरिकलाई निष्कासन गर्ने निर्णय गरिएको बताएका छन् ।

नेपाल सरकारले बेलाबेला चिनियाँ नागरिकहरूलाई अबैध कारोबार र शंकास्पद गतिविधि गरेको अभियोगमा पक्राउ गरेर चीन पठाउने गरेको छ ।

१ सय २२ जना चिनियाँलाई गृृह मन्त्रालयले गत पुसमा पनि निष्कासन गरेको थियो ।

कोरोनाका कारण देश निकाला भएका ४१ जना चिनियाँ नागरिक उडान सहज भएपछि नेपाल छाड्नेछन् ।

Published : Monday, 2020 September 14, 6:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया