कम्युनिस्ट सरकारले कोरोना लागेका सबैको उपचार नगर्ने, विपन्नकाे मात्रै पैसा तिर्ने

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोनाभाइरसका संक्रमित सबैका निःशुल्क उपचार नगर्ने भएको छ ।

सरकारले अबदेखि विपन्न नागरिकको मात्र कोरोनाको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरको बैठकले विपन्न नागरिकहरूको मात्रै निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्देशनमा सो निर्णय भएको हो ।

अबदेखि कोरोना लागेपछि सम्पन्न परिवारहरूले आफ्नो खर्च आफै तिनुपर्नेछ ।

मन्त्रालयले गरेको निर्णय कार्यान्वयनका लागि माताहतका निकायमा पत्र समेत पठाइसकेको छ ।

मन्त्रालयले अबदेखि लक्षण भएकाको मात्र उपचारको व्यवस्था गर्नेछ ।

‘चिन्ह वा लक्षणहरु देखिएका व्यक्तिहरुको मात्र उपचार व्यवस्थापन गर्नेः विपन्न नागरिकको उपचार निःशुल्क गर्ने अन्यको उपचार आफ्नै खर्चमा गर्ने’, पत्रमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विपन्नको मात्रै निःशुल्क उपचार गर्ने विषय अझै छलफलका क्रममा रहेको दाबी गर्छन् ।

नेपाल लाइभ डटकमबाट पत्र साभार
Published : Monday, 2020 September 14, 5:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया