तरुण अध्यक्ष विष्टद्वारा सुर्खेतमा नमूना काम, जीवन बचेपछि शिलाले दिइन् कांग्रेसलाई आशीर्वाद

वीरेन्द्रनगर । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले सुर्खेतकी अति विपन्न परिवारकी शिला नेपालीको उपचार गरेर जीवन बचाइदिएका छन् ।

तरुण अध्यक्ष विष्टले आफ्नो व्यक्तिगत खर्चमा शिलाको प्रादेशिक अस्पताल सुर्खेतमा पित्तथैलीको शल्यक्रिया गरिदिएका हुन् । शल्यक्रिया गरेर घर आएपछि शिलाले तरुण अध्यक्ष विष्ट र नेपाली कांग्रेसप्रति आभार व्यक्ति गर्दै देशभरिका तरुण, युवाहरूलाई आशीर्वाद दिएकी छिन् ।

‘बाँच्छु भन्ने लागेको थिएन’, शिलाले भनिन्, ‘हरि विष्ट भगवान बनेर आउनुभयो । मलाई अस्पताल लगेर सबै आफ्नै खर्चमा उपचार गरिदिनुभयो । मसँग एक रुपियाँ थिएन । उहाँलाई धन्यावाद ।’

शल्यक्रियामा ३० हजार खर्च लागेको थियो । त्यसमा अस्पतालले ५ हजार छुट दिएको थियो । अध्यक्ष विष्टले अस्पतालमा आफूले २५ हजार खर्च गरेर शिलाको शल्यक्रया गरिदिएको बताए ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १२, एयरपोर्ट नजिकै बस्दै आएकी शिलाई शल्यक्रियापछि २५ किलोको एक बोरा मसिनो चामल, १ किलो मासको दाल, १ किलो नुन र १ पोखा तेल अध्यक्ष विष्टले किनेर दिएका छाडिदिएका थिए ।

शिलाका श्रीमान् ८ वर्ष अगाडि निधन भएको थियो । चार जनाको परिवारलाई शिलाले गिट्टीकुटेर तथा मजदुरी गरेर एक छोरा र दुई छोरीको जीविकोपार्जन गर्दै आएकी थिइन् ।

पित्तथैलीमा पत्थरी परेर बिरामी परेपछि उपचार खर्चको अभावमा शिला घरमै थलापरेर बसेकी थिइन् । शिला बिरामी भएको थाहा पाएपछि तरुण दलका अध्यक्ष विष्टले आफ्नै गाडीमा राखेर अस्पतालमा भर्ना गरी उपचार गरिदिएका थिए ।

यसअघि, तरुण दल सुर्खेतका अध्यक्ष विष्टले कोरोना महामारी र निषेधाज्ञा तथा लकडाउनका कारण समस्यामा परेका अपाङ्ग, मजदुर, दलित र अति विपन्न परिवारहरूलाई खाद्यान्नसहितको सहयोग गरेका थिए । विष्टले ३–४ सय जनालाई लकडाउनका बेला सहयोग गरिसकेका छन् । उनको सहयोग अहिले पनि जारी छ ।

अहिले पनि विष्टले समस्यामा परेकालाई खाद्यान्नसहितका सामग्री सहयोग गर्दै आएका छन् ।
अध्यक्ष विष्टले ‘कसैलाई समस्या प¥यो भने मलाई फोन गर्नु होला’ भनेर फेसबुकमै आफ्नो फोन नम्बर राखेका छन् । समस्यामा परेकाले फोन गर्नेवित्तिकै विष्टले आफ्नै गाडीमा राखेर खानेकुरा र आवश्यक सामग्री घरमै पु¥याउँदै आएका छन् ।

कलाकार समेत रहेका विष्टले समस्यामा परेकालाई खाद्यान्नसहितको राहत वितरण गर्ने क्रममा विभिन्न बाधा र अड्न पनि भएका थिए । ती समस्याको बेवास्ता गर्दै विष्टले समस्यामा परेकालाई सहयोग गरेका हुन् ।

Published : Monday, 2020 September 14, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया