काठमाडौंमा मात्रै छ जनाको कोरोनाबाट मृत्यु, एकै दिन ९ को मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।

४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा मात्र ६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

काठमाडौंमा मात्र ६५ वर्षीया दुई जना महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मोरङमा ६९, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Published : Sunday, 2020 September 13, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया