सिन्धुपाल्चोकमा पहिरो, १२ जना बेपत्ता भएको अनुमान

बाह्रविसे । सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका– ७ घुम्थाङमा पहिरोले घरहरू पुरिएको छ ।

आइतबार बिहान करीव साढे ३ बजे आएको पहिरोले घुरहरू पुरिँदा करीव १२ जना स्थानीय परिएको अनुमान गरिएको छ । उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयहरू खटिएका छन् ।

भीरखर्कबाट नागकुजेसम्मको बस्ती पहिराले तहसनहस बनाएको छ ।

अविरल वर्षाका कारण उद्धार गर्न कठिनाइ भइरहेको छ । पहिराको विवरण आउन बाँकी छ ।

Published : Sunday, 2020 September 13, 7:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया