काठमाडौंका कम्युनिस्ट मेयर कार्यबाहकनै नदिएर आसोलेसनमा, जनता सडकमा भोकभोकै, काम प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोनाभाइरसको संक्रमण भएपछि आइसोलेसनमा बसेका छन् ।

आइसोलेसनमा बसेका शाक्यले महानगरपालिकाको दैनिक कार्य सञ्चालनका लागि कसैलाई पनि कार्यबाहकको जिम्मेवारी दिएका छैनन् । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले कसैलाई पनि कार्यबाहक मेयरको जिम्मेवारी कसैलाई पनि नदिएको बताए ।

‘मेयर विद्यासुन्दर शाक्य चार दिन अगाडिसम्म सम्पर्कमा हुनुहुन्थ्यो । उहाँसँग समन्वय गरेर काम गरिएको छ’, प्रवक्ता डंगोलले भने, ‘अहिले सम्पर्क भएको छैन ।’

उप–मेयर हरिप्रभा खड्गीले मेयर शाक्यले कसैलाई पनि कार्यबाहकको जिम्मेवारी नदिएको बताइन् । ‘कोरोनाभाइरसको महामारी छ । जनताको काम गर्नुपर्ने हुन्छ’, उनले भनिन्, ‘कसैलाई पनि मेयरज्यूले कसैलाई पनि कार्यबाहकको जिम्मेवारी दिनुभएको छैन । उहाँले कार्यबाहकको जिम्मेवारी नदिँदा दैनिक कार्यसञ्चालनमा कठिनाइ आएको गुनासाहरू आएका छन् ।’

मेयर शाक्यले काठमाडौं महानगरपालिकाभित्र एउटा पनि क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाएका छैनन् । कोरोनाबाट जनताको जीवन बचाउनका लागि शाक्यले कुनै पनि काम नगरेको आरोप छ ।

आइसोलेसनमा बस्न गएका मेयर शाक्यले उप–मेयरलाई कार्यबाहकको जिम्मेवारी दिनुपर्ने थियो ।

तर, शाक्यले कार्यबाहक मेयरको जिम्मेवारी नै नदिएर जगत हँसाएका छन् ।

काठमाडौं महानगरपालिकाभित्र कोरोना र निषेधाज्ञाले गर्दा अति विपन्न र मजदुरहरू साँझ बिहान खान नपाएर भोकभोकै छन् । मेयर शाक्यले समस्यामा परेका जनतालाई कुनै पनि सहयोग नगरेको आरोप छ ।

मेयर शाक्य होटेल सोल्टीमा आइसोलेसनमा बसेको उच्च स्रोतले जनाएको छ ।

Published : Saturday, 2020 September 12, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया