मलाई काेराेना लागेकाे छ, धेरै बस्न सक्दिनः डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले १४औँ महाधिवेशनका क्रममा गुट, उप–गुट हुनुलाई अन्यथा लिन नहुने बताएका छन् ।

बुधबार वीपी कोइरालाको १०७औँ जन्म जयन्तीका अवसरमा आयोजित जुम अन्तरक्रियालाई सम्बोधन गर्दै डा.कोइरालाले १४औँ महाधिवेशनका बेला गुट र उप–गुट हुनलाई सामान्य रुपमा लिनु आग्रह गरे । उनले १४औँ महाविधेशन सम्पन्न भएपछि गुट र उप–गुटहरू अन्त्य हुनुपर्ने बताए ।

‘१४औँ महाधिवेशनका बेला गुट र उप–गुट हुनु स्वभाविक हो’, उनले भने, ‘१४औँ महाधिवेशनपछि गुट अन्त्य गर्नुपर्छ । महाधिवेशनका बेला गुट हुन्छ ।’

वीपी कोइरालाका कान्छो छोरा डा.कोइरालाले आफू काठमाडौं आउँदा ६० रुपियाँ खर्च दिएको स्मरण गरे ।

कार्यक्रममा लामो समय नबसेका महामन्त्री डा.कोइरालाले भने, ‘मलाई कोरोना लागेको छ । धेरै बस्न पनि सक्दैन ।’

Published : Wednesday, 2020 September 9, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया