कांग्रेसका जनप्रतिनिधिहरूले कम्युनिस्टले भन्दा राम्रो काम गर्नुस्ः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहमा काम गर्ने

जनप्रतिनिधिहरूले आर्थिक रूपमा पारदर्शी र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस स्थानीय तह समन्वय बिभागद्वारा मंगलबार आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिँदै देउवाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले कम्युनिस्टले भन्दा राम्रो काम गरेर जनतालाई सेवा र सुविधा दिन निर्देशन दिए ।

उनले स्थानीय तहले उपलब्ध सीमित स्रोतसाधनबाट जनताका असीमित आवश्यक्ता र अपेक्षाहरू पूरा गर्नुपर्ने अवस्था भए पनि आफूले गर्न सक्ने काम समयमा प्रभावकारी रूपमा सम्पन्न गर्न निर्देशन दिए ।

कोरोनाको महामारीको समयमा स्थानीय तहका जनप्रतिनिधिहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।

‘केन्द्र सरकारले समयमा सामग्रीको आपूर्ति, परीक्षणको व्यवस्था, क्वारेन्टिन, आइसोलेसन, अस्पतालको समुचित व्यवस्थापन र विदेशमा रहेका नागरिकको घरफिर्ताको व्यवस्था पन गर्न कम्युनिस्ट सरकार चुकेको छ’, देउवाले भने ।

‘स्थानीय तहले केन्द्र र प्रदेश सरकारबाट समयमा साधन, स्रोत, साधन, बजेट र जनशक्ति पाउन सकिरहेको छैन’, देउवा भनेका छन् ।

स्थानीय सरकारमा रहेर काम गर्ने नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले प्रतिकुल परिस्थितिमा पनि काम गरिरहेको भन्दै देउवाले उच्च मनोबलका साथ जनताको सेवामा सपर्पित हुन निर्देशन दिएका छन् ।

स्थानीय तह समन्वय विभाग गठनपछि पार्टी र स्थानीय जनप्रतिनिधिहरूका बीचमा समन्वय प्रभावकारी हुनेमा सभापति देउवाले विश्वास व्यक्त गरेका छन् ।

विभागका प्रमुख एवम् कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले बिगतका कमाजोरीहरूबाट पाठ सिक्दै नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताए ।

केन्द्र, प्रदेश र स्थानीय तहलाई जोड्न विभागले प्रभावकारी भूमिका खेल्ने उनले बताएका छन् ।

पार्टी र जनप्रतिनिधिबीचमा कामका बारे समन्वय हुँदा र दुईतर्फी सम्बन्ध हुँदा मात्रै पार्टीको गतिविधि प्रभावकारी हुने प्रमुख जोशीले बताएका छन् ।

Published : Wednesday, 2020 September 9, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया