काठमाडौंमा तीन सयभन्दा धेरै संक्रमित, कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको जनाएको छ ।

मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ३०७ महिला र ५९५ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

डा.गौतमले इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १३, झापामा १६, मोरङमा ५१, सुनसरीमा ३८ जनामा कोराना पोजेटिभ देखिएको बताएका छन् ।

धनुषामा ३३, पर्सा १४, बारामा १२, महोत्तरीमा ४, रौतहटमा ८, सप्तरीमा १८, सर्लाहीमा ६, सिरहामा ४ जनामा कोरोना देखिएको छ ।

काठमाडौंमा ३००, काभ्रेमा २, चितवनमा २, दोलखामा २, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ५८, मकवानपुरमा २४, रामेछापामा ८, ललितपुरमा ३८, सिन्धुपाल्चोकमा १ जनामा कोरोना देखिएको छ ।

कास्कीमा ३०, गोरखामा १८, तनहुँमा ३, नवलपरासी पूर्वमा ७, पर्वतमा १, लमजुङमा १०, बाग्लुङमा १०, स्याङजामा १ जनामा कोरोना देखिएको छ ।

अर्घाखाचीमा १, कपिलवस्तुमा १, गुल्मीमा १, दाङमा ३, नवलपरासीमा १, बर्दियामा ७, बाँकेमा ५, रुपन्देहीमा २१, रोल्पामा १ जनामा कोरोना देखिएको छ ।

दैलेखमा १, सुर्खेतमा १८, कञ्चनपुरमा ९ र कैलालीमा ७७ जनामा कोरोना देखिएको डा.गौतमले बताए ।

डा.गौतमले ताप्लेजुङ, मनाङ मुस्ताङ, मुगु, डोल्पा र हुम्लामा शून्य संक्रमित रहेको बताएका छन् ।
पाँच सयभन्दा धेरै संक्रमित हुने जिल्लाहरूमा मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही रहेका छन् ।

प्रवक्ता डा.गौतमले १३३३ जना कोरोनाभाइरसको संक्रमणबाट निको भएको बताएका छन् ।

कोरोनाभाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ जना पुगेको छ ।

Published : Tuesday, 2020 September 8, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया