कांग्रेस महामन्त्री डा.काेइराला अस्वस्थ्य, स्वाब संकलन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई अस्वस्थ्य भएका छन् । उनलाई सामान्य ज्वरो आएको छ ।

सोमबार साँझतिर सामान्य ज्वरो आएपछि उनलाई उपचार गर्न थालिएको छ । उच्च स्रोतका अनुसार मंगलबार महामन्त्री डा.कोइरालाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

कोरोना महामारीका बेला नेता तथा कार्यकर्ताहरूसँग महाराजगञ्जस्थित निवासमै भेटघाट गर्दै आएका डा.कोइरालालाई सोमबार अचानक स्वास्थ्यमा समस्या आएको थियो ।

डा.कोइराला बिरामी भएका विषयमा निजी सचिवालयले केही भनेको छैन । डा.कोइरालाको स्वाबको रिपोर्ट तीन बजेसम्म आउने जनाइएको छ ।

Published : Tuesday, 2020 September 8, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया