विप्लवले छोरालाई एमबीबीएस डाक्टर बनाइछाडे, महँगो शुल्क तिर्न कहाँबाट आयो लाखौँ रुपियाँ ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरेका छन् ।

प्रकाशले सिम्बोल नम्बर २००३२०७३३ बाट एमबीबीएसको परीक्षण पास गरेका हुन् । विप्लवले आफ्नो छोरालाई डाक्टर बनाइछाडेका छन् । गरिव जनताका छोराछोरीहरूलाई भने झोला बोकाएर अहिले पनि जंगलमा हिँडाइरहेका छन् ।

प्रकाशका बुबा विप्लव भूमिगत छन् । गरिव जनताको पक्षमा आन्दोलन गरेको बताउने विप्लवले आफ्नो छोरा प्रकाशलाई भने निजी मेडिकल कलेजमा एमबीबीएस अध्ययन गराएका छन् ।

छोरालाई चिकित्सक बनाएका विप्लवले छोराको यति ठूलो खर्च कहाँबाट ल्याएका हुन् प्रश्न उठेको छ ।

एमबीबीएस अध्ययन गर्नका लागि कम्तिमा ४० देखि ६० लाखसम्म लाग्छ । यति धेरै रकम विप्लवको पैतृक सम्पत्ती बिक्री गरेर पनि आउँदैन । खान र बस्न तथा अन्य खर्चहरू अलग्गै लाग्छ ।

भरतपुरस्थित चितवन मेडिकल कलेजमा प्रकाशले एमबीबीएस अध्ययन गरेका थिए । अध्ययनका बेला विभिन्न खालका उत्पातहरू गर्दै आएका थिए ।

भरतपुरमा काण्ड गरेपछि प्रहरीले प्रकाश र उनका साथीहरूलाई बल प्रयोग गरेर थुन्नेसम्मको कार्य गर्नुपरेको थियो ।

एमबीबीएस गरेका प्रकाशले एमडी पनि गर्नुपर्ने हुन्छ । एमडी गर्न कम्तिमा एक करोड लाग्छ । त्यो खर्च विप्लवले छोरा प्रकाशलाई कहाँबाट जुटाउने हुन् हेर्न बाँकी छ । विप्लवले छोरा प्रकाशको अध्ययनको खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग बेलाबेला उठ्दै आएको छ ।

आदर्शको कुरा गर्ने विप्लवले छोरा प्रकाशको एमबीबीएसको पढाइको विवरण विश्वास लाग्ने गरेर प्रमाणसहित सार्वजनिक गर्नुपर्छ । होइन भने विप्लव र पुष्पकमल दाहाल ‘प्रचण्ड’मा कुनै फरक हुनेछैन ।

Published : Monday, 2020 September 7, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया