कम्युनिस्ट सरकारकी मन्त्री अर्यालको निर्णयले भू–माफियाहरू खुसी, दिउँसैदेखि रमझम

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमाकुमारी अर्यालले जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णय गरेकी छिन् ।

मन्त्रिपरिषदको निर्णयअनुसार मन्त्री अर्यालले भदौ १८ गतेदेखि लागू हुने गरेर कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन् ।

तत्कालीन भूमिसुधार मन्त्री गोपाल दहितले ०७४ सालमा देशभरि कृषियोग्य भूमि खण्डीकरण हुन नदिन जग्गाको कित्ताकाट रोक्ने निर्णय गरेका थिए ।

दहितको यो निर्णयले भू–माफियाहरूलाई तनाब भएको थियो । बेलाबेला भू–माफियाहरूले कृषियोग्य भूमिको कित्ताकाट खुल्ला गर्न दवाव दिँदै आएका थिए ।

मन्त्रालयको निर्णयमा भनिएको छ, ‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ ।’

मन्त्रालयले खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै तीन वर्ष अगाडि गरेको निर्णयले केही परिवारलाई तनाब पनि भएको थियो ।

मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।

मन्त्री अर्यालको यो निर्णयले भू–माफियाहरू खुसी भएका छन् । अब कृषियोग्य जग्गाहरू कित्ता काट गर्न सहज भएको छ । सरकारकाे याे निर्णयले भूमाफियाहरू साेमबार दिउँसैदेखि खुसीले रमाएकाे चर्चा छ ।

Published : Monday, 2020 September 7, 2:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया