नक्कली भ्याट बिल प्रयोग गरेको छैनः श्रेष्ठ
काठमाडौं । विकास सप्लार्यसका सञ्चालक विकास श्रेष्ठ ‘कृष्ण’ले आफूले कुनै पनि गैरकानूनी गतिविधि नगरेको दाबी गरेका छन् ।
श्रेष्ठले सोमबार खण्डन पठाएर विकास सप्लायर्सले कुनै पनि नक्कली भ्यान बिल प्रयोग नगरिएको दाबी गरेका हुन् ।
‘सभामुखका भतिजा तस्कर छुटाउन सक्रिय, नक्कली भ्याटबिल काण्डले खैलाबैला, कृष्ण फरार’ भन्ने शीर्षकमा रिपब्लिका दैनिकमा समाचार प्रकाशित भएको थियो । उनले समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘समाचारमा विकास सप्लायर्सले नक्कली भ्याटबिल प्रयोग गरि विभिन्न स्थानबाट बालुवा तस्करी गर्ने गरेको र त्यसमा सभामुखका भतिज माधव सापकोटा र नेकपाका नेता तथा पूर्व सांसद सुभाष कर्माचार्यको संलग्नता भएको आरोप लगाइएको छ’, श्रेष्ठले भनेका छन् ।
‘पहिलो कुरा विकास सप्लायर्सले आफ्नो व्यवसाय गरिरहेको र यसका कुनै पनि नेताको संलग्नता नरहेको प्रस्ट्याउन चाहन्छु’, श्रेष्ठले भनेका छन्, ‘असम्बन्धित विषयमा कुनै पनि राजनीतिक दलका नेताहरूलाई नियोजित रुपमा जोडिनु राम्रो हैन ।’
‘हाम्रो ब्यापार तथा व्यवसायमा नेताहरूको कुनै सम्बन्ध र सरोकार छैन’, श्रेष्ठले भनेका छन् ।
‘राजस्व कार्यालयबाट मान्यता प्राप्त बिलको प्रयोग हामीले गरेका छौं । हाम्रो व्यवसाय फर्म नेपाल सरकारबाट इजाजत प्राप्त छ’, खण्डनमा भनिएको छ, ‘नक्कली भ्याट बिल भनिएकाले त्यसको प्रमाणित सञ्चार माध्यमले गर्न हामी माग गर्दछौं । बिलको प्रसंगबारे यस्ता भ्रामक समाचारको पछाडी नलाग्न हामी सबैमा अनुरोध गर्दछौं ।’
‘हामीले हालसम्म बालुवा उत्खनन् गर्ने कार्य गरेका छैनौं । विभिन्न व्यवसायीले संकलन गरेको बालुवा विक्री मात्रै हामीले गर्दै आइरहेका छौं’, उनले भने, ‘समाचारमा विकास श्रेष्ठ फरार भनिएको छ । हरेक दिन सदरमुकाममै रहेको र बजारमै हिडडुल गरिरहेको ब्यक्तिलाई गैर कानुनी काम गरि फरार भनेर मानहानी गरिएको प्रति भर्त्सना गर्दछौं ।’
‘यसरी सोझो हिसाबले आफ्नो व्यापार, व्यवसाय गरिरहेको व्यक्तिमाथि अनेक लाञ्छना लगाएर नियोजित तवरले फसाउन खोजिएको समाचारप्रति हामीले खण्डन गरेका छौं’, श्रेष्ठले भनेका छन् ।
सभामुखका भतिजा तस्कर छुटाउन सक्रिय, नक्कली भ्याटबिल काण्डले खैलाबैला, ‘कृष्ण’ फरार
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया