कांग्रेस नेता डा.शर्माले दिए कम्युनिस्ट सरकारलाई चुनौती, केएमसीमा आधा मूल्यमै पीसीआर परीक्षण

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका नेपाल मेडिकल कलेज (केएमसी)का अध्यक्ष डा.सुनिल शर्माले कम्युनिस्ट सरकारलाई चुनौती दिँदै झण्डै आधा सस्तो मूल्यमा कोरोना संक्रमणको पीसीआर परीक्षण शुरु गरेका छन् ।

काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटस्थित केएमसीमा सर्वसाधारणले रु.२५९९ मा कोरोनाको पीसीआर परीक्षण गर्न सक्नेछन् । पीसीआरको रिपोर्ट एकै दिनमा दिने डा.शर्माले बताए ।

कम्युनिस्ट सरकारले पीसीआर परीक्षणमा रु.४४०० रुपियाँ लिन शुल्क तोकिदिएको छ । पीसीआर परीक्षण निजी अस्पतालले झण्डै आधा मूल्यमा गर्न सक्ने । सरकारले रू. ४४०० रूपियाँ ताेक्ने । सरकारले किन यति धेरै मूल्याे लिएकाे हाे भनेर प्रश्न उब्जिएकाे छ । कमिशनकाे काण्डहरू भइरहेका बेला डा.शर्माकाे कार्यले कम्युनिस्ट सरकारकाे कमिशनकाे काण्डकाे पर्दा फास गरिदिएका छन् ।

तर, सरकारलाई नै चुनौती दिएर डा.शर्माले झण्डै आधा मूल्यमा पीसीआर परीक्षण गर्न लागेका हुन् ।
डा.शर्माले काठमाडौं उपत्यकामामा निजी क्षेत्रमा आफ्नो कलेजले सबैभन्दा सस्तोमा कोरोनाको नमूना परीक्षण गर्न लागकोको बताए ।

केएमसीले कर्पोरेट संस्थाकाहरूका लागि रु.२४९९ मा कोरोनाको पीसीआर परीक्षण गर्न लागेको उनले बताए ।

बैंक, वित्तीय संस्था, ठूला व्यापारिक घरानाहरूका साथै सर्वसाधारणले लाभ लिन सक्ने अध्यक्ष डा.शर्माले बताएका छन् ।

यसअघि, केएमसीको अध्यक्ष हुनेवित्तिकै डा.शर्माले ओपीडीको टिकट निःशुल्क बनाएका थिए । केएमसीमा ओपीडी सेवामा पैसा लाग्दैन ।

उनले सामाजिक दायित्वअन्तर्गत पीसीआरमा शुल्क कम गरिएको बताएका छन् । डा.शर्माले दुवाकोटमा केएमसीले कोरोना बिरामीकै लागि भनेर छुट्टै अस्पताल सञ्चालन गरेको जानकारी दिएका छन् ।

सिनामंगलमा कोरोना संक्रमितको लागि छुट्टै स्थानमा बेडहरू व्यवस्थापन गरिएको भन्दै उनले कुनै पनि बिरामीलाई फिर्ता नपठाउने बताएका छन् ।

नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक समेत रहेका डा.शर्माले केएमसीको केही हप्ता अगाडि मात्रै किनेका हुन् ।

Published : Sunday, 2020 September 6, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया