स्वास्थ्यमन्त्री ढकालको परिवारका सदस्यमा कोरोना, मन्त्रीनै क्वारेन्टिनमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः होमक्वारेन्टिनमा बसेका छन् ।

मन्त्री ढकाल पुल्चोकस्थित निवासमा तीन दिनदेखि क्वारेन्टिनमा बसेका हुन् । परिवारका सदस्यमा कोरोना देखिएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेको बताइएको छ ।

स्वास्थ्य मापदण्डअनुसार ढकालले पाँचौ दिनमा स्वाब दिएर कोरोनाभाइरसको संक्रमणको परीक्षण गर्नेछन् ।

यसअघि पनि मन्त्री ढकाल दुई पटक होम क्वारेन्टिनमा बसिकेका छन् । उनलाई अहिलेसम्म कोरोना पोजेटिभ देखिएको छैन ।

Published : Sunday, 2020 September 6, 6:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया