आइतबार संक्रमितभन्दा निको हुने दोब्बर, कुन जिल्लामा कति थपिए ? ९ को मृत्यु, काठमाडौं अगाडि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि जनामा कोरोनाभाइरसका संक्रमितहरू भेटिएको जनाएको छ ।

मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले २९० महिला र ६९० पुरुष गरि ९८० जनामा कोरोना पोजेटिभ भेटिएको जानकारी दिएका छन् ।

डा.गौतमले १८१४ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएको जानकारी दिएका छन् । हालसम्म नेपालमा २८ हजार ९ सय ४१ जना निको भइसकेका छन् ।

डा.गौतमले उदयपुरमा १, ओखलढुंगामा १, झापामा २८, ताप्लेजुङमा १, भोजपुरमा १, मोरङमा २९, संखुवासभामा ६, सुनसरमिा ८६ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

धनुषामा १०, पर्सामा २५, बारामा ७३, महोत्तरीमा ३, रौतहटमा ८, सप्तरीमा ११, सर्लाहीमा ५, सिरहामा ६ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

काठमाडौंमा २९०, काभ्रेमा १, चितवनमा ३०, दोलखामा ७, धादिङमा १०, भक्तपुरमा ३२, ललितपुरमा ३२, सिन्धुपाल्चोकमा १, सिन्धुलीमा २ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

कास्कीमा २१, गोरखामा ५, तनहुँमा ७, नवलपुरमा १२, लमजुङमा २, बाग्लुङमा ३, स्याङ्जामा २२ जनामा कोरोना भेटिएको छ ।

अर्घाखाँचीमा ११, कपिलवस्तुमा ४, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १९, प्यूठानमा ४, बर्दियामा ६, बाँकेमा ६, रुपन्देहीमा ३५ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

कालीकोटमा १, जाजरकोटमा २, जुम्लामा ५, दैलेखमा २, सुर्खेतमा ४४ जनामा कोरोना पोजेटिभ भेटिएको डा.गौतमले जानकारी दिएका छन् ।

अछाममा ११, कञ्चनपुरमा ३, कैलालीमा २१, डडेल्धुरामा २ र बझाङमा १० जनामा कोरोना पोजेटिभ भेटिएको डा.गौतमले बताएका छन् ।

प्रवक्ता डा.गौतमले २ महिला र ७ जना गरि ९ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मोरङकी ६४ वर्षीया महिला, झापाकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

चितवनको ७० वर्षीय पुरुष, मोरङका ४५ वर्षीय पुरुष, पर्साको ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष तथा काठमाडौंका तीन जना ७४, ६८ र ८५ वर्षीय पुरुषको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

Published : Sunday, 2020 September 6, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया