उपत्यका सबैभन्दा अगाडि, काठमाडौंमै ३ को मृत्यु, कुन जिल्लामा कति संक्रमति ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभरि पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ३४९ महिला र ६९२ जना पुरुषमा कोरोना पोजेटिभ भेटिएको बताए ।

कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टामा १ हजार ५ सय ६६ जना निको भएका छन् ।

इलाममा १, उदयपुरमा ३, ओखलढुंगामा २, झापामा ७, मोरङमा ३५, सुनसरीमा २० जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

धनुषामा ७, पर्सामा १०, बारामा १३, महोत्तरी २६, सप्तरीमा २०, सर्लाही १७, सिरहामा ४१ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

काठमाडौंमा ३२६, काभ्रेमा ६, चितवनमा ४५, दोलखामा ६, धादिङमा १०, नुवाकोटमा १, भक्तपुरमा ४५, मकवानपुरमा ३५, रामेछापमा ५, ललितपुरमा ३७, सिन्धुलीमा २ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

कास्कीमा २३, गोरखामा १७, तनहुँमा ३, नवलपुरमा ५, पवर्तमा १, लमजुङमा २२, बाग्लुङमा ६, स्याङजामा ३ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा ६, दाङमा ३९, नवलपरासीमा १३, पाल्पामा ३, प्यूठानमा १, बर्दियामा ७, बाँकेमा ६२, रुपन्देहीमा ७१, रोल्पामा १ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

जाजरकोटमा ३, दैलेखमा ३, सल्यानमा २, कञ्चनपुरमा ५, कैलालीमा ४, डडेल्धुरामा १, डोटीमा २ र बझाङमा १६ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

यसैबीच, कोरोनाभाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको प्रवक्ता डा.गौतमले बताए । महिला ३ र पुरुष ६ जना रहेका छन् ।

मोरङको ४३ वर्षीया महिला, मकवानपुरको ५२ वर्षीया महिला र नवलपरासीको ३७ वर्षीया महिलाको मृत्यु भएको छ ।

पर्साका ७५ वर्षीय पुरुष, महोत्तरीको ७८ वर्षीय, काठमाडौंको ४१, ६५ तथा ५९ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुषको मृत्यु भएको डा.गौतमले जानकारी दिए ।

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट हालसम्म २८० जनाको मृत्यु भएको छ ।

Published : Saturday, 2020 September 5, 4:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया