हिन्दुहरूको आस्थामाथि सरकारी दमनः हिन्दु महासंघ
काठमाडौं । नेपाल विश्व हिन्दु महासंघले ललितपुरस्थित रातो मच्छिन्द्रनाथको रथ यात्रा तान्ने क्रममा भएको हस्तक्षेप र प्रहरी दमनको विरोध गरेको छ ।
महासंघका महासचिव रामनाथ मैनाली र सचिव अभिषेक तिवारीद्वारा जारी संयुक्त विज्ञप्तिमा रथ तान्ने क्रममा क्रममा प्रहरी प्रशासनबाट भएको हस्तक्षेपको विरोध गरेका हुन् ।
सुरक्षित तरिकाले रथ तान्न गरिएको अनुरोधलाई प्रशासनले बेवास्ता गरेका कारण घटना भएको महासंघले जनाएको छ ।
महासंघले बहुसंख्यक हिन्दु समुदायप्रति देखाएको पूर्वाग्रही व्यवहारले सरकारको नियत छर्लङ्ग भएको जनाएको छ । महासंघले रथ तान्ने व्यवस मिलाउन पनि आग्रह गरेको छ ।
Published : Friday, 2020 September 4, 9:30 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया