रवि लामिछानेजी तपाईभन्दा ऋषि धमला धेरै स्तरीय छन्, औकात नभुल्नुस्

अस्मिताकुमारी मगर

काठमाडौं । ऋषि धमला निकै खटिने पत्रकार हुन् । धमलाले अहिलेसम्म सयौँ पत्रकार जन्माइसकेका छन् । सयौँ नेता जन्माएका छन् । रेडियो, टिभी, पत्रिका, अनलाइन सबैमा उनले काम गरेका छन् । काम पनि दिएका छन् ।

धमलाको रिपोर्टर्स क्लव नेपालको साक्षत्कारमा नबोलेका कुनै पनि नेताहरू छैनन् भन्दा पनि हुन्छ । ऋषि धमलाको फोन आउँदा रातभरि ननिदाउने धेरै नेताहरू छन् । मेहनती धमला अहिलेको उचाइँमा त्यत्तिकै पुगेका होइनन् । अहिले पनि बिहान साढे ४ बजे उठ्छन् । पाँच बजेदेखि नै फोन घुमाउन थाल्छन् । छ बजेको रेडियो बहसका लागि बोल्ने ३–४ जना नेताहरू तयार पार्छन् ।

त्यति मात्रै होइन धमला राति ११ बजेसम्म व्यस्त रहन्छन् । हरेक कार्यक्रम, बैठक, प्रदर्शनलगायत सबै ठाउँमा पुग्छन् । आफै रिपोर्टिङ गर्छन् ।

धमलाको रिस गर्नेहरू धेरै छन् । कुनै बेला सडकमा पत्रिका बेच्ने र वितरण गर्ने त्यो धमला अहिले आफ्नै पौरखमा रमेको छ ।

त्यही धमलाको रिस गर्नेमा एकजना नाम चलेका सञ्चारकर्मी थपिएका छन् । अमेरिकामा लामो समय बसेर केही वर्ष अगाडि काठमाडौ आएका सञ्चारकर्मी रवि लामिछाने धमलाको विरोधी बनेका छन् । त्यो पनि अरु केही होइन प्रधानमन्त्री खड्गप्रसाद ओलीको अन्तर्वार्ता लिएपछि धमलाप्रति लामिछानेले रिसले आगो बनेका हुन् । लामिछानेलाई के थाहा छैन भने, प्रधानमन्त्री ओली त्यही धमलाको रिपोर्टर्स क्लवमा भाषण गर्न आतुर हुँदै आउने गर्थे ।

धमलाले ओलीको अन्तर्वार्ता लिएको लामिछानेलाई फिटिक्कै मन परेको रहेनछ । बिहीबारको आफ्नो कार्यक्रममा लामिछानेले तुच्छ भाषामा धमला र ओली तथा ओलीको सचिवालयलाई गाली गर्न समेत भ्याएका छन् । रविले धलमलाई ‘ऋषिमुनि, सिसीमुनि’ भनेर अपमान गरेका छन् ।
सञ्चारकर्मी लामिछानेले धमललाई अपमान गर्ने हैसियत राख्दैनन् । लामिछानेभन्दा धमला धेरै स्तरीय व्यक्ति हुन् । लामिछानेको यस्तै हर्कतले गर्दा उनी एक्लिदै गएका छन् । मन नलागेका व्यक्तिलाई खुइल्याउने लामिछानेको स्वभाव नै हो । लामिछानेले जस्तो धमलाले स्वार्थका लागि देश छाडेर विदेश गएनन् । जे गरे देशभित्रै गरे ।

लामिछाने चितवनमा हिरासतमा परेका बेला बचाउन लबिङ गर्ने पनि तिनै धमला थिए । रवि लामिछानेका ससुरा एवम् राप्रपाका नेता उद्धव पौडेलको लगानी रहेको ओम अस्पतालको बदमासीका बारेमा कहिल्यै आफ्नो कार्यक्रममा देखाउँदैनन् । देखाइहाले पनि ससुराको अस्पतालाई चेख्याउने गरेर रिपोर्ट बजाउँछन् ।

धमलालाई जसले फोन गर्दा पनि उठाएर मिठासका साथ कुरा गछन् । तर, लामिछानेले फोन उठाउँदैनन् । उठाहाले पनि धम्काएर कुरा गर्छन् । धमलाले सबैलाई आफ्नो फोन नम्बर बाँड्छन् । लामिछानले आफ्नो फोन लुकाउँछन् । त्यही कारण लामिछानेले धमलाको रिस नगरेकै राम्रो ।
सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा धमलाको लामिछानेले रिस गरेर आलोचना गरेपछि धमलाकी पत्नी एलिजा गौतम धमलाले असन्तुष्टि जनाएकी छिन् ।

‘रवि लामिछाने दाइप्रति मेरो सधै सम्मान छ । तर, हिजो सिधा कुरा जनतसँगमा प्रयोग भएका केही शब्दले मेरो मन दुखेको छ’, एलिजाले भनेकी छिन्, ‘प्रधानमन्त्रीज्यूले अन्तर्वार्ता नदिनु ऋषि धमलाको कमजोरी पक्कै हैन होला । तर, तपाईले त ऋषिमुनिदेखि सिसीमुनिसम्मलाई अन्तर्वार्ता दिन भ्याए मलाई दिएनन् भन्नु भएछ ।’

‘हुन त हजुरले ऋषिजीलाई ऋषिमुनि नै देख्नु भयो, एक सञ्चारकर्मीले अर्को सञ्चारकर्मीको खेदो खन्नु कतिसम्म उचित हो त्यो त मलाई थाह भएन । तर मेरो मन दुख्यो’, एलिजाले भनेकी छिन्, ‘तपाईको भाषामा ऋषिमुनि अर्थात ऋषिजीले गर्नु भएको मिडियाप्रतिको त्याग कति छ सायद बुझ्दै आउनु भएकै होला ।’

‘उहाँ हप्तामा यसो एक दिन टुप्लुक्क टेलिभिजनमा देखिने व्यक्ति हैनन्, हरेक दिन बिहानदेखि बेलुकासम्म उहाँले गर्नु भएको दुःख र बलिदानलाई कसरी बुझ्ने ? आज आफ्नै साथीको नराम्रो भन्नु भयो’, उनले भनेकी छिन्, ‘प्रधानमन्त्रीले तपाईसँग नबोल्नु त उहाँहरूकै टिमसँग बुझ्ने हो, ऋषिजीलाई किन जोड्नु हुन्छ ?’

‘याद रहोस् रवि दाइ म हिजो पनि तपाईंको कार्यक्रमको एक दर्शक शुभचिन्तक थिएँ र आज पनि, तर बोल्दा शब्द चयन अलिक बिचार गरेर गर्नेकी ?’, एलिजाले चेतावनी शैलीमा भनेकी छिन्, ‘तपाईंले सिकाएको शिक्षा नै अरुले सिक्ने हुन्, बोलेको शब्दले पछुतो हुने काम कहिल्यै न होस् ।’

Published : Friday, 2020 September 4, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया