ढाेरपाटनका पीडितलाई कांग्रेस नेता खाँणद्वारा ४० थान त्रिपाल प्रदान

ढोरपाटन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बागलुङको ढोरपाटन नगरपालिका–९ भुजीखोलाका बाढीपीडितलाई राहात स्वरुप त्रिपाल उपलव्ध गराएका छन् ।

कांग्रेस नेता खाँणले पीडितहरूलाई बासको व्यवस्थापनका लागि राहात स्वरुप ४० थान त्रिपाल उपलव्ध गराएका हुन् ।

प्रमुख सचेतक खाँणले ढाेरपाटन नगरपालिकाका बाढीपीडितहरूलाई थप राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । उनले कांग्रेसका नेताहरूलाई पनि सक्दाे सहयाेग गर्न अपील गरेका छन् ।

पर्वत कांग्रेसका कोषाध्यक्ष एवम् जलजला गाउँपाालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’को विशेष पहलमा हेलिकप्टरमार्फत त्रिपाल पठाइएको थियो ।

४० थान त्रिपाल नेपाली कांग्रेस बागलुङका क्षेत्रीय सभापति दोर्ण कुँवर, जित शेरचन, अर्जुन शेरचन र तरुण दल बागलुङका कोषाध्यक्ष देवेन्द्र मगरसहितको टोलीले बिहीबार बाढीले क्षति भएको स्थानमा पुगेर वितरण गरेका थिए ।

कम्युनिस्ट सरकारले बाढीपीडितलाई बिहीबार राहत दिन सकेन । तर, कांग्रेसका नेताहरूकाे पहलमा बिहीबारनै हेलिकप्टरबाट खाद्यान्न, त्रिपाल, नगदसहितका सामग्री पीडितलाई वितरण गरिएकाे थियाे ।

Published : Friday, 2020 September 4, 9:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया