यी हुन् ललितपुरमा ट्राफिक प्रहरी कुट्ने ९ जना

काठमाडौं । ललितपुरमा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई जावलाखेल प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिकाको गावाहालका महेश बज्राचार्य, बंगलामुखीका पृथविन्दु महर्जन, अशोजकुमार महर्जन, रवि शाक्य, रविन शाक्य रहेका छन् ।

महालक्ष्मी नगरपालिका इमाडोलका सुविन शाक्य, इमाडोलकै ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमीका श्याम श्रेष्ठ र काठमाडौं महानगरपालिका–१६ का यादवलाल कायस्थलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Published : Friday, 2020 September 4, 9:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया