कांग्रेस नेताहरू जोखिम मोलेर बागलुङ पुगी राहत दिए, गृह मन्त्री पोखराबाटै काठमाडाैं फिर्ता

ढोरपान । नेपाली कांग्रेसका युवा नेताहरूले बिहीबार बागलुङ जिल्लाका बाढी प्रभावितहरूलाई त्रिपाल, खाद्यान्न, नगदसहितको सहयोग गरेका छन् ।

ढोरपाटन नगरपालिका– ९, देउराली, सुपुरदुङलगायतमा बुधबार रातिको बाढीले घर बगाउँदा ७१ घरपरिवार विस्तापित भएका थिए । ढोरपाटन– ९ मा बाढीमा परेर ११ जनाको मृत्यु भएको थियो । अझै ३६ जना सर्वसाधारण हराइरहेका छन् ।

बाढीबाट पीडितहरूलाई कांग्रेस नेताहरूले बिहीबार जोखिम मोलेर हेलिकप्टरबाट प्रारम्भीक राहत वितरण गरेको हो । कांग्रेसले बाढीपीडितहरूलाई थप राहत वितरण गर्ने जनाएको छ ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति दोर्णकुमार कुँवर, प्रदेश सभाका उम्मेदवार जित शेरचन, ढोरपानटका मेयरका उम्मेदवार अर्जुन शेरचन र तरुण दल बागलुङका कोषाध्यक्ष देवेन्द्रकुमार घर्ती मगरले बिहीबार काठमाडौंबाट हेलिकप्टरमा राहतका सामग्री ल्याएर प्रभावित क्षेत्रमै आइ पीडितहरूलाई वितरण गरेका हुन् ।

तरुण दल बागलुङका कोषाध्यक्ष घर्तीले बाढी प्रभावित क्षेत्रमा पुगेर विस्थापित ७१ घर परिवारलाई प्रतिपरिवार २५ किलो चामल, २ किलो दाल, १ पोका खाने, तेल १ पोका नुन र ७१ प्रतिपरिवार १–१ हजार नगद रुपियाँ दिइएको जानकारी दिए ।

दुई जना अबोध बालकलाई ३–३ हजारका दरले नगद दिइएको उनले बताए ।

घर गुमाएका चालीस घरपरिवारलाई १–१ थानका दरले ४० थान त्रिपाल र १ हजार थान मास्क वितरण गरिएको तरुण कोषाध्यक्ष घर्तीले बताए ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस बागलुङका नेताहरू टेकराज पौडेल, नरजंग घर्ती मगर, मेषलाल शर्मा, गगन पुन मगर, नगरबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।

उता, गृहमन्त्री रामबहादुर थापा र बागलुङबाट नेकपाका प्रतिनिधि सभाका सांसद देवेन्द्र पौडेलसहितका टोली पोखरामा एक घण्टा बसेर काठमाडौं फर्किएको छ ।

काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरमा राहत लिएर उडेको गृहमन्त्री थापासहितको टोली मौसममा खराबी भएको भन्दै पोखरामा अड्किएको थियो ।

नेपाली कांग्रेसका नेताहरू चढेको हेलिकप्टर प्रभावित क्षेत्रमा पुगेर राहत विरतण गर्न सक्ने तर, गृहमन्त्री थापाको हेलिकप्टर प्रभावित क्षेत्रमा जान नसक्ने कारण के हो भनेर पीडितहरूले प्रश्न उठाएका छन् ।


कांग्रेस नेताहरूले बाढीपीडितहरूलाई बिहीबार भोकै हुनबाट बचाएका छन् । उनीहरूले घर नभएकाहरूलाई त्रिपाल दिएर प्रारम्भीक रुपमा सानो भए पनि सहयोग गरेका छन् ।

नेपाली कांग्रेस बागलुङ बाढीपीडितहरूका लागि सहयोगी बनेको छ । कम्युनिस्टहरूसँग सत्ता र साधन स्रोत हुँदा हुँदै पनि समयमा सहयोग गर्न असफल भएका छन् ।

Published : Thursday, 2020 September 3, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया