सभापति देउवाद्वारा बिहीबार अर्को विभाग विस्तार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभेच्छुक संस्था समन्वय विभाग विस्तार गरेका छन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार सभापति देउवाले विभागमा ४८ जना मनोनीत गरेका हुन् ।

विभागको प्रमुख केन्द्रीय सदस्य एनपी साउँद रहेका छन् । विभागको उपप्रमुखको जिम्मेवारी विष्णु धिताल (लम्जुङ) र सचिवको जिम्मेवारी विनिता अधिकारी (दोलखा)लाई दिइएको छ ।

Published : Thursday, 2020 September 3, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया