अर्थ मन्त्रीको पद धरापमा, बामदेव गौतमलाई सांसद बनाउने निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको सांसद उपाध्यक्ष बामदेव गौतमलाई बनाउने निर्णय गरेको छ ।

बालुवाटारमा बिहीबार बसेको नेकपाको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभाको सांसदमा राष्ट्रपतिबाट मनोनीत गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले गौतमलाई राष्ट्रिय सभाको मनोनीत सांसद बनाउनेबारेको प्रस्ताव राखेका थिए । सो प्रस्तावालाई बैठकले पारित गरेको श्रेष्ठले बताए ।

राष्ट्रिय सभामा गौतमलाई लैजाने भएपछ अर्थमन्त्री डा.युवराज खतिवडाको भविष्य अन्यौल भएको छ । अर्को व्यवस्था भएन भने अर्थमन्त्री डा.खतिवडाले भदौ २० गतेबाट पदमुक्त हुनेछन् ।

Published : Thursday, 2020 September 3, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया